नेपाली सेनामा भर्ती गराईदिन्छु भनेर ठगी गरेका आरोपमा पर्स्याङका धर्मराज पक्राउ
पाेखरा | जेठ २७, २०८१
पोखरा: नेपाली सेनामा सजिलै भर्ती गराईदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले धर्मराज थापालाई पक्राउ गरेको छ । नेपाली सेनामा सजिलै भर्ती गराईदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले थापालाई शनिबार जिरोकिलोमिटरमा पक्राउ गरेको हो ।
पोखरामा रहेको आर्मी फिटनेस सेन्टरका सञ्चालक धर्मराज थापाले नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको छु एक युवकलाई झुठ्ठा आश्वासन दिएर ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आर्मी फिटनेस सेन्टरका सञ्चालक थापाले बागलुङ घर भएका एक युवकलाई नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको छु सजिलै भर्ती गराईदिन्छु भनेर झुठ्ठा आश्वासन दिएर पटकपटक गरी १ लाख ७० हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए ।
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

